शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

आजदेखि पीएसबी पूर्वारम्भ (प्रि-लन्चिङ) कार्यक्रमहरु सुरु हुँदै

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
आजदेखि पीएसबी पूर्वारम्भ (प्रि-लन्चिङ) कार्यक्रमहरु सुरु हुँदै
काठमाडौँ, माघ २ :

सार्वजनिक सेवा प्रसारण (पीएसबी)  को पूर्वारम्भ (Pre-Launching) कार्यक्रमहरू आजदेखि सुरु हुँदै छन् ।

नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण (पीएसबी) मा रूपान्तरण भएसँगै आजदेखि माघ ३ गतेसम्म विभिन्न दस वटा सत्रमा गहन छलफलसहित पूर्वारम्भ कार्यक्रम  हुन लागेको हो ।

आज बिहान ११ बजे नेपाल टेलिभिजनमा पूर्वारम्भ कार्यक्रमको उद्‌घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन् ।

उद्‌घाटन समारोहलगत्तै विषयगत छलफल सुरु हुनेछ ।

आज पीएसबीको अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबीयू) र अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का प्रतिनिधिहरुसँग संसारमा पीएसबीको अभ्यास र यसको दीर्घकालीन सञ्चालनका बारेमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार