काठमाडौँ, माघ १ :

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।

गएराति रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना सुपर कपको च्याम्पियन बनेको हो ।

साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको फाइनल खेलमा बार्सिलोनाले रियललाई ५- २ गोलले हराएको हो ।