शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

जिल्ला अदालत काठमाडाैंमा रवि लामिछानेको बयान सुरु,कस्ताे आउला आदेश?

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
जिल्ला अदालत काठमाडाैंमा रवि लामिछानेको बयान सुरु,कस्ताे आउला आदेश?
काठमाडौँ, पुस २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएकाे छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक बहस सुरु भएको हो ।

अदालतमा स्वयं उपस्थित भएका लामिछानेको हकमा काठमाडौं जिल्ला अदालतले कस्तो निर्णय दिन्छ भन्नेमा धेरैले चासो राखेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका हुन्।

कास्कीबाट हिरासतमुक्त भए पनि लामिछानेलाई अरू जिल्ला अदालतहरूले हिरासतमा राख्न आदेश दिन सक्ने कानुनका जानकारहरूको अडकल छ । स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनमा लामिछानेलाई पनि विपक्षी बनाएर  गत आइतवार अभियोजनपत्र दर्ता भएको थियो ।

स्वर्णलक्ष्मीबाट कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ  गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानले देखाएपछि सरकारी वकिल कार्यालयले रविलाई सोही रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो ।

रवि लामिछानेका वकिल सुशील पन्तका अनुसार आज नै उनको बयान र वकिलहरूको बहस सक्ने तयारी छ । अदालतले आज नै उनलाई थुनामा राखेर मुद्दा टुङ्गो लगाउने वा बाहिर रहेर मुद्दा लड्न दिनेमध्ये एक निर्णय लिने लामिछानेका कानुन व्यवसायीहरूको अपेक्षा छ ।

यसैबीच, लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाने सरकारी वकिलको कार्यालयले तयारी गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार