शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
खेलकुद फुटबल

तीनपोखरी आमन्त्रण कप : मोरङ र झापा सेमिफाइनलमा

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
तीनपोखरी आमन्त्रण कप : मोरङ र झापा सेमिफाइनलमा
सङ्खुवासभा, पुस २९ :

मोरङको बुल्स- ११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २- १ गेलले हराउँदै बुल्स- ११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुमार माझीले दोस्रो हाफको सातौँ मिनेटमा र ३०औँ मिनेटमा निश्चल खड्काले गोल गरेका थिए । शीतलपाटीका तर्फबाट पहिलो हाफको ३०औँ मिनेटमा विजय भुजेलले सान्त्वना गोल गरेका थिए ।

शनिबार भएको अर्को खेलमा एड्भान्स क्लबको तर्फबाट पहिलो हाफको तेस्रो मिनेटमा वसन्त ओझाले गोल गरेर खेललाई अग्रता दिलाए । खेलको ३०औँ मिनेटमा चुलाचुलीका तीर्थ बस्नेतले गोल फर्काएर बराबरी गरे । दोस्रो हाफमा चुलाचुलीका तीर्थ बस्नेतले अर्को गोल थपेर आफ्नो टोलीलाई विजयी बनाए ।

यसअघि एपिएफ कोशी प्रदेश र आयोजक तीनपोखरी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा जिल्ला बाहिरका तीन र जिल्लाभित्रका पाँच क्लब सहभागी छन् । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले नगद एक लाख १० हजार पाउने छ भने सेमिफाइनल पुगेका दुई टोलीले २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी माघ १ गते हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार