शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
अर्थतन्त्र

कालिमाटीमा यस्तो छ आज तरकारी र फलफूलको मूल्य

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
कालिमाटीमा यस्तो छ आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ, पुस २५ :

कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेडा सानो लोकल प्रतिकेजी २५, गोलभेडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेडा सानो तराई प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी ४५, आलु रातो भारतीय प्रतिकेजी  ४०, प्याज सुकेको भारतीय प्रतिकेजी ७२, गाँजर लोकल प्रतिकेजी ९०, गाँजर तराई प्रतिकेजी ९० रुपैयाँ छ ।

बन्दा लोकल प्रतिकेजी २५, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी २५, काउली स्थानीय प्रतिकेजी २५, स्थानीय काउली ज्यापु प्रतिकेजी ३०, काउली तराई प्रतिकेजी २५, मूला रातो प्रतिकेजी २५, मूला सेतो लोकल प्रतिकेजी ३०, सेतो मूला हाइब्रिड प्रतिकेजी ४०, भन्टा लाम्चो प्रतिकेजी ४०, भन्टा डल्लो प्रतिकेजी ५० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७०, मटरकोसा प्रतिकेजी १००, घिउ सिमी लोकल प्रतिकेजी ८०, घिउ सिमी हाइब्रिड प्रतिकेजी ८०, घिउ सिमी राजमा प्रतिकेजी  १२०, टाटे सिमी प्रतिकेजी ५०, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ६०, परवर तराई प्रतिकेजी १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी २०, हरियो फर्सी डल्लो प्रतिकेजी २० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ झोले प्रतिकेजी २६०, स्याउ फुजी प्रतिकेजी ३००, केरा दर्जन १७०, कागती प्रतिकेजी १४०, अनार प्रतिकेजी  ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८० रुपैयाँ कायम गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार