शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

मणिपुरको एसपी कार्यालयमा भिडको आक्रमण, प्रहरी अधिकारी र प्रदर्शनकारी घाइते

· शनिबार, २१ पुस, २०८१ मा प्रकाशित
मणिपुरको एसपी कार्यालयमा भिडको आक्रमण, प्रहरी अधिकारी र प्रदर्शनकारी घाइते
काठमाडौं, पुस २१ :

भारतको मणिपुरको कांगपोकपी जिल्लामा शुक्रबार साँझ एसपी कार्यालयमा भिडले आक्रमण गरेको छ । जसमा एसपी मनोज प्रभाकरसहित अन्य धेरैजना घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ  ।

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ, ‘इम्फाल पूर्वी जिल्लाको सिमानामा रहेको साइबोल गाउँबाट केन्द्रीय सुरक्षा बलको कथित असफलतालाई लिएर विवादमा यो आक्रमण भएको हो ।’

सुरक्षाकर्मी र आक्रमणकारीबीचको झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएको समाचारमा जनाइएको छ ।

गत डिसेम्बर ३१ मा साइबोल गाउँमा सुरक्षाकर्मीले महिलामाथि गरेको लाठीचार्जको विरोधमा कुकी संगठनले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

कुकीबहुल जिल्लामा चौबीस घण्टा बन्दको आह्वान गरिएको थियो । सोही क्रममा हिंसात्मक घटना भएको थियो ।

शुक्रबार दिउँसो ठूलो प्रदर्शन गरिएको थियो । त्यसपछि एसपी कार्यालयमा ठूलो संख्यामा मानिस भेला भएका थिए । साइबोलमा तैनाथ केन्द्रीय सुरक्षा बल हटाउनुपर्ने उनीहरुको माग थियो ।

शुक्रबार जारी एक विज्ञप्तिमा मणिपुर पुलिसले भन्यो, ‘सुरक्षा बलहरूले आक्रमणलाई असफल पार्ने प्रयास गरे र भिडलाई तितरबितर पार्न बल प्रयोग गरे । स्थिति नियन्त्रणमा छ । काङपोकपी एसपीको उपचार भइसकेको छ र अहिले उनी संयुक्त सुरक्षा बलको नेतृत्व गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।’

यो हिंसामा १५ प्रदर्शनकारी घाइते भएको स्थानीयले बताएका छन् । मे ३, २०२३ मा राज्यमा कुकी र मेइती समुदायबीच हिंसा सुरु भएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार