बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

दक्षिण कोरियाको एक विमानस्थलमा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

दुई जना जीवितै फेला परेको र उद्धार कार्य जारी
· आइतबार, १५ पुस, २०८१ मा प्रकाशित
दक्षिण कोरियाको एक विमानस्थलमा  विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु
काठमाण्डौं, पुस १५ :

दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको समाचार संस्था योनहापले जनाएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य लिएर उडेको जेजु एयरको विमान अवतरणगर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

दुई जना जीवितै फेला परेको र उद्धार कार्य जारी रहेको एक अग्नि नियन्त्रक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

योनहापका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाइल्याण्डका नागरिक सवार थिए ।

दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन । 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार