काठमाडौं, कात्तिक १९ :
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
रिट निवेदन आज पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सरकारले बुधबार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।
उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् ।