शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

एन्फा यु- १६ युथ लिग फुटबलको उद्‌घाटन खेलमा चर्च ब्वाइज विजयी

· शुक्रबार, १३ पुस, २०८१ मा प्रकाशित
एन्फा यु- १६ युथ लिग फुटबलको  उद्‌घाटन खेलमा चर्च ब्वाइज विजयी
Photo: ANFA
काठमाण्डौँ , पुस १३ :

चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु- १६ युथ लिग फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जित हासिल गरेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २- १ गोलअन्तरले पराजित गरेको हो । 

चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान एक- एक गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।

खेलको १५ औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३० औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’ मार्फत एक गोल गर्दै खेललाई एक- एक गालको बराबरीमा ल्याए । 

त्यसपछि खेलको ८४औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २- १ को जित दिलाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार