शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

दोस्रो इलाम गोल्डकपको उपाधि एनआरटीले जित्यो, नगद १० लाख पुरस्कार प्राप्त

· शनिबार, ३० मंसिर, २०८१ मा प्रकाशित
दोस्रो इलाम गोल्डकपको उपाधि एनआरटीले जित्यो, नगद १० लाख पुरस्कार प्राप्त
इलाम, मंसिर ३० :

रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा सम्पन्न दोस्रो ‘एनआरएनए इलाम गोल्डकप’ को उपाधि डिफेन्डिङ च्याम्पियन एनआरटीले चुमेको छ ।

‘प्रथम इलाम गोल्डकप’ को विजेता टोली एनआरटीले दोस्रो संस्करणको उपाधि पनि हात पारेको हो । 

आज भएको फाइनलमा एनआरटीले ३- ० गोल अन्तरले लिग विजेता चर्च ब्याइजलाई पराजित गरेको हो ।

एनआरटीले सेमिफाइनल खेलमा रेडस्टार झापालाई पराजित गरेको थियो भने चर्च ब्याइजले आयोजक रेडहर्सलाई हराएको थियो । 

उपाधिसँगै एनआरटीले १० लाख पुस्कार हात पारेको छ । उपविजेता चर्च ब्याइजले पाँच लाख प्राप्त गरेको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजारले पुरस्कृत गरिएको तथा ‘म्यान अफ दी म्याच’लाई  सात हजार पाँच सयले पुरस्कृत गरिएको सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख प्रदान गरेको थियो भने तारा रोजु सापकोटा च्यारिटेबल ट्रष्टले दोस्रो पुरस्कारका लागि पाँच लाख उपलब्ध गराएको थियो ।

प्रतियोगिता सम्पन्न गर्दासम्म अनुमानित ९० लाख खर्च भएको आयोजकले जनाएको छ ।

यही मङ्सिर २२ गतेदेखि सुरु भएको एनआरएनए इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा बिजेता डिफेण्डिङ च्याम्पियन न्युरोड टोली (एनआरटी) र उपविजेता चर्च ब्वाइज युनाइटेड सहित सङ्कटा, त्रिभुवन आर्मी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्ष भएको पहिलो संस्करणको उपाधि न्युरोड टोली एनआरटीले नै जितेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार