शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बयानका लागि रवि लामिछानेलाई चितवन लगियो

· मंगलबार, १९ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँ , मंसिर १९ :

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डौँबाट चितवन पुर्‍याएको छ । 

सहकारी ठगीमा मुछिएर अनुसन्धानका क्रममा रहेका उनलाई आज  बयानका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । लामिछानेलाई हवाईजहाज मार्फत चितवन लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा घोटाला भएको विषयमा दायर पीडितको जाहेरीका आधारमा लामिछाने, जीबी राई, र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाएको छ ।

अहिले आरोपितमध्ये प्रहरीका पूर्व डीआईजी जोशी र नेचर हर्ब्स सम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ । 

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेको हिजो काठमाण्डौमा बयान सकिएको थियो । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई गएको बिहीवार पोखराबाट काठमाण्डौँ ल्याइएको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई भैरहवा लगेर पनि बयान लिइएको थियो । कात्तिक २ गते प्रहरीले पक्राउ परेका लामिछानेलाई अहिलेसम्म अदालतबाट ५ पटक म्याद थपेर अनुसन्धान भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार