शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

३६ स्थानको नतिजा सार्वजनिकः काँग्रेस अगाडि, कुन दलको कति सिट ?

· सोमबार, १८ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँ , मंसिर १८ :

विभिन्न ४१ पदका लागि आइतबार भएको स्थानीय तह उपनिर्वाचनको हालसम्म ३६ वटा पदको नतिजा सार्वजनिक भएको छ । 

दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३२ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।

गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । 

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ । 

यसअघि काँग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचना कुमारी भण्डारी विजयी हुनुभएको छ ।

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्ष मध्ये काँग्रेसले १६, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब एक मेयर, दुई उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । हुम्लाको सर्केगाड र  रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भएको चुनावको मतगणना शुरु हुँदैछ । उपाध्यक्षकै लागि चुनाव भएको अर्को ठाउँ दोलखाको गौरीशंकर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार