शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

महोत्तरी रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी

· आइतबार, १७ मंसिर, २०८१ मा प्रकाशित
महोत्तरी, मंसिर १७ :

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सकिबुल खाँ निर्वाचित हुनुभएको छ ।

आईतबार भएको उपनिर्वाचनमा खाँले छ सय ३१ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

कूल दुई हजार एक सय ४१ मतदाता रहेका सो वडामा एक हजार पाँच सय १४ मत खसेको थियो । निर्वाचनमा सात राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए ।

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बन्नुभएका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले दुई सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार