शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार इतिहास

त्रिभुवन विमानस्थल नजिकै रहेको हवाई इन्धन डिपो सारिने

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
त्रिभुवन विमानस्थल नजिकै रहेको हवाई इन्धन डिपो सारिने
काठमाण्डौं, मंसिर ६ :

नेपाल आयल निगमको त्रिभुवन विमानस्थल नजिकै रहेको हवाई इन्धन डिपो सारिने भएको छ । सोको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग आज सम्झौता गरेको छ ।

काठमाण्डौंको सिनामंगलमा रहेको सो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवले जानकारी दिनुभएको छ । डिपो आगामी तीन बर्षभित्रै सारिसक्ने उहाले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन डिपो हवाई सुरक्षा मापदण्डका दृष्टिकोणले जोखिमयुक्त रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्यत्र सार्नुपर्ने माग गर्दै आएको थियो ।

अब निर्माण गरिने डिपोमा अत्याधुनिक प्रविधि जडान गरिने बताईएको छ । अहिलेको डिपो ५० बर्षदेखि सिनामंगलमा राखिएको हो । अहिले डिपोमा सामान्य दिनमा दैनिक ९ दिनको माग धान्ने भण्डारण क्षमता रहेको छ । अब बनाईने डिपोको क्षमता पनि बढी हुने बताईएको  । 
मन्त्रिपरिषद्ले गत साउनमा डिपो सार्ने निर्णय गरेको हो ।

सौर्य एयरलाइन्सको जहाज विमानस्थल नजिकै दुर्घटनामा परेपछि डिपो सार्नुपर्छ भन्ने तर्फ सम्बन्धित निकाय संबेदनशिल भएको देखिन्छ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार