बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

चीन १६ स्वर्ण पदक सहित पेरिस ओलम्पिकको शिर्ष स्थानमा

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
चीन १६ स्वर्ण पदक सहित पेरिस ओलम्पिकको शिर्ष स्थानमा
साउन २१ :

काठमाडौँ, साउन २० : पेरिस ओलम्पिक २०२४ मा चीनले १६ स्वर्ण पदक हासिल गर्दै तालिकाको शिर्षस्थानलाई कायम राखेको छ । चीनले हालसम्म १६ स्वर्ण, १२ रजत र ९ कास्य पदक जितेको छ ।

त्यस्तै अहिलेसम्म सर्वाधिक पदक जितेको अमेरिका १४ स्वर्ण प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । उसले हालसम्म १४ स्वर्ण , २४ रजत र २३ कास्य गरी कुल ६१ पदक हात पारेको छ ।

फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कास्य गरी ४१ पदकसहित तेस्रो स्थानमा रहेको छ । हालसम्म अस्ट्रेलियाले १२ स्वर्ण, ८ रजत र ७ कांस्य गरी २७ पदक जित्दै चौथो स्थानमा रहेको छ । 

बेलायतले १० स्वर्ण, १० रजत, १३ कास्य गरी ३३ पदकसहित तालिकाको पाँचौँ स्थानमा छ । यसैगरी दक्षिण कोरियाले ९ स्वर्ण, ७ रजत र ५ कास्य गरी २१ पदक जित्न सफल भएको छ ।

जापानले पनि  ८ स्वर्ण, ५ रजत र ९ कांस्य गरी २२ पदकका साथ सातौँ स्थानमा रहेको छ । इटलीले हालसम्म ६ स्वर्ण, ८ रजत र ५ कास्य गरी कुल १९ पदक जम्मा पारेको छ ।

नेदरल्याण्ड्स ६ स्वर्ण, ४ रजत र ४ कास्यसहित १४ पदक जितेर शिर्ष दश भित्र पर्न सफल भएको छ । क्यानडा ४ स्वर्ण, ४ रजत र ७ कास्य गरी कुल १५ पदक जितेर दशौँ स्थान ओगट्न सफल भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार