नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो ।
पोखराका लागि युवराज सम्राले शतकीय पारी खेले । उनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र छ छक्काको मद्दतमा १०२ रन बनाए । त्यस्तै कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रन बनाए । कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे । महेदी हसन पाँच रनमा र सन्नी विक तीन रनमा आउट भए ।
बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए । यस्तै मार्क वाटले एक विकेट लिए । कर्णाली याक्सले अहिले जवाफी ब्याटिङ गर्ने क्रममा पाँच ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।