आइतबार, २२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नेपाल सम्वतको स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना

सक्रिय न्युज · ५४ मिनेट अगाडि प्रकाशित
नेपाल सम्वतको स्वागतमा कांग्रेसद्वारा ‘सुकुन्दा र्याली’ आयोजना
काठमाडौं, कात्तिक २२ :

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले नेपाल सम्वतको स्वागतमा काठमाडौँमा ‘सुकुन्दा र्याली’ आयोजना गरेको छ ।

कांग्रेस महानगर समितिले नेपाल सम्वत ११४७ को स्वागतमा लगनदेखि तेबहालसम्म ‘सुकुन्दा र्याली’ आयोजना गरेको हो । उक्त र्याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक, न्युरोड गेट हुँदै तेबहालसम्म निकालिएको थियो ।
    
र्यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री डा डिला सङ्ग्रौला पन्त, केन्द्रीय सदस्य प्रबल थापा र डा अमिता प्रधान, महानगर सभापति इन्जिनियर सुशन वैद्यलगायत महानगरभित्रका विभिन्न वडाका सभापति एवं कांग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेपाल सम्वतको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको कांग्रेस महानगरले जनाएको छ । र्यालीमा सहभागीले आफ्नो वेशभूषा लगाई सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए ।

नेपाल सम्वत नेपालको मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको सम्वत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार