शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

पार्टीको आधिकारिकताका बिषयमा अदालतले न्याय दिन्छ : पूर्वसभापति देउवा

सक्रिय न्युज · ४० मिनेट अगाडि प्रकाशित
पार्टीको आधिकारिकताका बिषयमा अदालतले न्याय दिन्छ : पूर्वसभापति देउवा
काठमाडौं, कात्तिक २१ :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका बिषयमा अदालतले न्याय दिने बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस इतर पक्षको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्दैै पूर्वसभापति देउवाले आफुहरु नै आधिकारिक भएकाले अदालतले न्याय दिने बताएका हुन् । उनले पार्टी आधिकारिकताका सवालमा अर्को पक्षबाट ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । पछिल्लो समय इनम सापकोटा प्रकरणले पनि आर्थिक चलखेल भएको प्रष्ट देखिएको उनको भनाइ छ ।

उनले महाधिवेशनमा आफु सभापति पदमा नउठ्ने भन्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने इच्छा मात्रै रहेको धारणा राखे ।

उनले पार्टीबाट आफुले धेरै पाइसकेकाले अव सवैलाई समेटेर अघि बढ्ने बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार