बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की #हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक#नगर प्रमुख उपेन्द्र कार्की
खेलकुद क्रिकेट

एनपीएल क्रिकेटमा विराटनगरको जित, जनकपुर दुई रनको झिनो अन्तरले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० घण्टा अगाडि प्रकाशित
एनपीएल क्रिकेटमा विराटनगरको जित, जनकपुर दुई रनको झिनो अन्तरले पराजित
काठमाडौं, कात्तिक १७ :

नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै जित हासिल गरेको छ ।

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई दुई रनको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । जितको लागि विराटनगरले दिएको १७५ रनको लक्ष्य पच्छाएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमा समेटियो ।

जनकपुरका लागि सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७१ रनको योगदान दिए । उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यसैगरी विशाल सुसलिङले ३० बलमा ४३ रन बनाए भने जेम्स निसमले १५ बलमा २७ रन जोडे ।

यता बलिङतर्फ विराटनगरका लागि आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रनको योगफल बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन  बनाए ।

उनले २ चौका र ५ छक्का प्रहार गरे । लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । यस जितसँगै ४ खेल खेलेको विराटनगरले २ मा जित तथा २ मा हार बेहोर्दै ४ अङ्क बनाएको छ  ।

त्यस्तै समान ४ खेल नै खेलेको जनकपुरको पनि समान २ मा जित तथा २ खेलमा पराजय भोगेको छ । जनकपुरको पनि समान ४ अङ्क नै छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार