बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक #दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक
समाचार प्रदेश कोसी प्रदेश

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ

कागजात जफत गरी अध्यागमन विभाग पठाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ
मोरङ, कात्तिक ११ :

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको हो ।

यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए । मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवाद सुरु भएपश्चात् स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।

कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ । निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार