काठमाडौं, कात्तिक १८ :
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम थियो ।