शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार गण्डकी प्रदेश

बागलुङ कालिका मन्दिरमा दशैँमा ४५ लाख भेटी सङ्कलन

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
बागलुङ कालिका मन्दिरमा दशैँमा ४५ लाख भेटी सङ्कलन
बागलुङ, कात्तिक ८ :

बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा रु ४५ लाख भेटी सङ्कलन भएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । 

बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी हुने भेटी मध्ये ६० प्रतिशत सङ्कलन भएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  

असोजमा भेटी मार्फत २२ लाख ८० हजार, परेवा बिक्रीबाट ११ लाख ३६ हजार दुई सय ५०, सटर भाडा तीन लाख ८५ हजार, बोकाको बली शुल्कबाट चार लाख चार हजार, चामल बिक्रीबाट ९६ हजार सङ्कलन भएको छ । 

साथै कुखुरा बली शुल्कबाट ३० हजार आठ, राँगा बलीबाट १८ हजार चार सय, विवाह शुल्क १० हजार पाँच सय, आर्थिक सहयोग एक लाख ४७ हजार आठ सय ७१, पण्डितबाट प्राप्त शुल्क १६ हजार चार सय र व्रतबन्धबाट तीन सय आम्दानी भएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।     

साथै असोजमा विभिन्न शीर्षकमा १३ लाख ९० हजार खर्च भएको जनाइएको छ । अध्यक्ष खड्काले दिएको जानकारीअनुसार तलब, पूर्वाधार, कर्मचारी सुविधा, पानी, विद्युत लगायतमा उक्त रकम खर्च भएको छ । 

चाडवाडको समयमा कालिका मन्दिर दर्शन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँमा मात्रै चार लाख दर्शनार्थी मन्दिर दर्शनका लागि आएको गुठीको तथ्याङ्क रहेको छ । गत चैते दसैँमा पनि रु ४० लाख भेटी सङ्कलन भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार