शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि काठमाडौँमा सुरु

· मंगलबार, ७ कात्तिक, २०८१ मा प्रकाशित
काठमाण्डौँ , कात्तिक ७ :

उन्नत पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु भएको छ । 

नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेस, दिनदयाल विश्वविद्यालय गोरखपुर, भारत र आइपीडब्लु जर्मनीको आयोजनामा ‘काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्सको पाँचौँ शृङ्खला काठमाडौँको बूढानीलकण्ठमा आयोजना गरिएको हो ।

दक्षिण एसियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान गरिरहेका वैज्ञानिक र विश्वभरका वैज्ञानिकबीचको सहकार्यलाई स्थापित र सम्बन्ध सुदृढ गर्ने सम्मेलनको मुख्य उद्देश्य छ ।

सम्मेलनमा नयाँ र स्मार्ट पदार्थ, हरित र दिगो प्रविधि, चक्रिय अर्थतन्त्र, नानो- बायो–आधारित अति सूक्ष्म पदार्थ, टिस्यु इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकमा केन्द्रित छलफल हुनेछ ।

नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका संयोजक प्रा डा रामेश्वर अधिकारीले नानो/ बायो, हरित र दिगो प्रविधिलगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए/ गरेका अध्ययन, अनुसन्धानलाई विश्व समुदाय समक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा नेपाल, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान, भारत, अमेरिका, चीनलगायतका १६ मुलुकबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिक तथा विद्यार्थी सहभागी छन् ।

सम्मेलनमा युवा वैज्ञानिकलाई लक्षित गरी ‘स्मार्ट र फङ्सनल पदार्थको अनुप्रयोगमा हालको प्रगति’ नामक एकदिने ‘सर्ट कोर्ष’ र नेपाल- भारत विशेष सिम्पोजियम समेत आयोजना गरिने छ ।

वैज्ञानिक सम्मेलनमा नेपाललगायत विश्वभरका दुई सय वैज्ञानिक सहभागी हुने र एक सय ३० वटा कार्यपत्र प्रस्तुत हुने र पोस्टर प्रस्तुति र मौखिक प्रस्तुतिका लागि युवा वैज्ञानिकलाई पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

सम्मेलन पर्सि बिहीबार सकिने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार