बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल #नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार प्रदेश कोसी प्रदेश

एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

एम्बुलेन्स चालक फरार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ असोज, २०८३ मा प्रकाशित
एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद
इटहरी, असोज ७ :

इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गर्दा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिए । बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ ।फरार एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार