काठमाडौं, कात्तिक १८ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकुलको काम गराउनका लागि सरकारले प्रहरी महानिरिक्षक परिवर्तन गरेको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग ओलीले आफू अहर्याएको काम गर्छन् भनेर नयाँ महानिरिक्षक बनाएको होला भन्ने भन्ने प्रतिक्रिया दिए ।
सरकारले आज वर्तमान आईजीपी दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नयाँ आईजीपी भएको छ । त्यस्तै उनले हिजो कांग्रेस सभापति गगनकुमार थापासँग मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको उल्लेख गरे ।