काठमाडौं, असोज ६ :
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिएका छन् ।
मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाको गतिविधि बढ्ने जनाएको थियो ।
बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुगेका हुन् । उनीहरूले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिएको विभागले जनाएको छ ।
“उक्त प्रणालीको प्रभावले भोलि(बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ । यसबारे विभागले नियमित जानकारी गराउने छ”, विभागले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान