शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक
काठमाण्डौं, कात्तिक ५ :

गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उहाँले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलता रहित ढङ्गबाट सेवा प्रवाह गरिने बताउनुभयो ।

कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्,कुनै जटिलता,अपारदर्शीता र भ्रष्टाचार नहोस्,सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ”,गृहमन्त्री लेखकले भन्नुभयो । वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।

गृहमन्त्री लेखकले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारीसाधनका चालकलाई कारबाही र तत्कालै जरिवाना तीर्न सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै ट्राफिक कारबाहीमा नयाँ आयाम थपिएको बताउनुभयो ।

यो व्यवस्था कार्यान्वयन गर्न ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,“आजदेखि प्रारम्भ भएको छ,अब कार्यान्वयन गर्नुपर्छ,यो प्रणालीले सबैलाई सरलता प्रदान गरोस्,सफल प्रणालीका रुपमा प्रयोग गरेर उदाहरणीय काम गर्न सकोस् ।”

बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुँदै आएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सरोकारवाला सबैको साझा प्रयत्नबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढिलै भए पनि डिजिटल सवारी चालक अनुमतिपत्र वितरण र ट्राफिक कारबाहीको क्षेत्रमा महत्वपूर्ण कामको थालनी भएको बताउनुभयो ।

“सवारी चालक अनुमतिपत्र हातहाती दिन सक्नुपर्ने हो, तर अहिले पनि २२ लाख चालकलाई अनुमतिपत्र दिन सकेका छैनौं नियमन गर्ने प्रणालीको व्यवस्था गर्यौ, यो ठूलो काम हो ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार