शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देउवा पक्षका ४० भन्दा बढी नेता कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी, एकतामा जोड

महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउन प्रयास हुने ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ असोज, २०८३ मा प्रकाशित
देउवा पक्षका ४० भन्दा बढी नेता कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी, एकतामा जोड
सानेपा, असोज १ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका ४० भन्दा बढी नेता सहभागी भएका छन्। १५औँ महाधिवेशन नजिकिँदै गर्दा बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवा पक्षका नेताहरू उल्लेख्य संख्यामा सहभागी भएका हुन्।

बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल र किरण यादवलगायत नेता सहभागी थिए।

४० जनाभन्दा बढी नेता बैठकमा सहभागी भएको नेता मीनबहादुर विश्वकर्माले बताए। पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवादलाई लिएर फरक समूहमा देखिँदै आएका नेताहरू एकै ठाउँमा सहभागी भएपछि बैठकमा केही रमाइलो वातावरणसमेत देखिएको थियो।

बैठकमा सहभागी देउवा पक्षका नेताहरूले भने पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आफूहरू देउवाको साथ छाडेको नभई पार्टीभित्र सबैलाई समेट्ने प्रयासमा रहेको बताएका छन्।

बैठकमा सभापति गगनकुमार थापाले पनि पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न नेताहरूलाई आग्रह गरेका थिए। उनले पार्टी एकता कायम राख्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास जारी राख्ने बताएका थिए। थापाले पूर्वसभापति देउवालाई १५औँ महाधिवेशनमा सहभागी हुन र उद्घाटन गर्नसमेत आग्रह गरेका छन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र विभिन्न समूहमा विभाजित नेताहरूको सहभागिता र एकताका विषयमा केन्द्रीय समिति बैठकमा छलफल भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार