शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि मनाइँदै, श्रमको सम्मान गर्न माग

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि मनाइँदै, श्रमको सम्मान गर्न माग
काठमाण्डौँ , कात्तिक ५ :

आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 ‘गृह श्रमिकको माग- गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।
      
गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै पुनःभृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो ।

समाजका अध्यक्ष प्रभा पोख्रेलले श्रम ऐन, २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने, गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रमकानुनका रुपमा व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । 

गृृह श्रमिकहरुको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरु (राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा आदि) गृह श्रमिककले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाज गरेको छ ।
      
गृह श्रमिकहरुको महत्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार