शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

पोखरामा रास्वपाको प्रदर्शन

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
पोखरामा रास्वपाको प्रदर्शन
कास्की, कात्तिक ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराको सहिद चोकमा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  आज अदालतमा उपस्थित गराइने भएपछि रास्वपाका कार्यकर्ताहरुले चोकमा प्रदर्शन गरेका हुन् ।  

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सो पार्टीका सभापति  लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराईदैछ  ।

हिजो शनिबार बिदा परेकाले लामिछानेलाई आज अदालत लैजान लागिएको हो ।

यसैगरी अर्कोतर्फ सहकारी पिडितहरुले पनि प्रदर्शन गरेका छन् । दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलेले संयमता अपनाउन अपिल गरेका छन् ।

उहाले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।

पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार