बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका #नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका
समाचार

प्रहरी कर्मचारीहरूको सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्छ : आईजीपी कार्की

नागरिक र स्थानीय तहको अपनत्वकै कारण क्षतिग्रस्त प्रहरी भवनको पुनर्निर्माण सम्भव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ भदौ, २०८३ मा प्रकाशित
प्रहरी कर्मचारीहरूको सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्छ : आईजीपी कार्की
काठमाडौं, भदौ २८ :

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन् ।

आइतबार जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत गौशालाको भवन उद्घाटन गर्दै महानिरक्षक कार्कीले  नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म कुनैपनि क्षेत्रमा प्रगति सम्भव नहुने बताए । 

उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित यस भवनले नेपाल प्रहरीको दृढता, पुरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाई झल्काएको उल्लेख गरे। भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उनको भनाइ छ ।

महानिरीक्षक कार्कीले क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनहरूको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिँदै नागरिक र स्थानीय तहको अपनत्वकै कारण यो सम्भव भएको बताए। 

त्यस्तै महानिरीक्षक कार्कीले समाजमा तोडफोड र आगजनी गर्ने नकारात्मक प्रवृत्तिलाई रोक्नुका साथै त्यस्ता हातहरूलाई सिर्जनशीलता र समाज निर्माणको दिशामा डो¥याउनु सुरक्षा संयन्त्रको दायित्व रहेको बताए । भौतिक संरचना भत्काएर पुनः निर्माणमा स्रोत खर्चिनुपर्ने अवस्था आउन नदिन सबैमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने चेतना जाग्नुपर्ने उल्लेख गरे ।महानिरीक्षक कार्कीले नयाँ प्रविधि, आधुनिक उपकरण र नागरिक विश्वासका साथ कार्यसम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार