शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

जेन्जी स्मृति सभामा प्रधानमन्त्रीको खोजी, साँझ फेसबुकमार्फत सम्झिए

प्रधानमन्त्रीले भने- ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ भदौ, २०८३ मा प्रकाशित
जेन्जी स्मृति सभामा प्रधानमन्त्रीको खोजी, साँझ फेसबुकमार्फत सम्झिए
काठमाडौै, भदौ २३ :

प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार साँझ फेसबुकमार्फत जेनजीहरूलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय जेनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’

जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरमा आयोजना गरेको जेनजी स्मृति दिवसमा प्रधानमन्त्रीको उपस्थिति नरहेको भन्दै उपस्थित जेन्जीहरुले खोजी गरेपछि उनले साँझ स्टाटसमार्फत सम्बोधन गरेका हुन् । जन्जी आन्दोलनले नै सरकार र प्रधानमन्त्री बनाएका व्यक्ति नै विशेष कार्यक्रममा सहभागी नहुन भनेको जेन्जी आन्दोलनप्रतिको बेवास्था भन्दै प्रधानमन्त्रीप्रति असन्तुष्टिका स्वरहरु सुनिएको थियो ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित सरकारका मन्त्रीहरुको भने बाक्लो उपस्थिति रहेको थियो । सभामा रास्वपाका नेता, सांसद र जेन्जी सहिदका परिवारको उपस्थित भए । जेनजी स्मृति सभामा विशेष भूमिकामा उपस्थित भएका दुई विवादित व्यक्ति  विजय भण्डारी र श्रीनिवास आचार्यको विषयमा अहिले चर्चा सुरु भएको छ । पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा उठेको पैसाको विषयलाई लिएर ठूलो विवाद उठेको थियो ।

गत वर्ष भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरी ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी गरिँदा अरबौंको क्षति पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार