शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्यः परराष्ट्रमन्त्री खनाल
काठमाडौं, भदौ १३ :

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएकाले पुनर्निर्माण र पुनरुत्थानका लागि अन्तरराष्ट्रिय सहयोग आवश्यकता पर्ने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले गत बुधबार गएको बाढीपहिरोबाट नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएकाले पनि भएकाले पनि विपद् प्रभावित क्षेत्रका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य भएको बताए ।

“बाढीले यहाँ ठूलो सङ्ख्यामा मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ”, उनले भने, “अहिलेसम्म हामीले बाढीमा परेकाका स्वदेशी तथा विदेशी नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौँ ।”

मन्त्री खनालले विपद्को निश्चित चरण हुने भएकाले पनि सरकारको अहिले प्राथमिकतामा उद्धार गर्ने र सकेसम्म नेपाली तथा विदेशी नागरिकको ज्यान जोगाउनेतर्फ केन्द्रित भइरहेको स्पष्ट पारे ।

“उद्धारपछि सरकार छिट्टै राहतको चरणमा प्रवेश गर्नेछौँ । जहाँ मानिसलाई अस्थायी बसोबासको अवसर प्रदान गर्नुपर्ने हुन्छ । र तेस्रो चरणमा हामी पुनःस्थापना र पुनर्निर्माणमा लाग्नेछौँ”, मन्त्री खनालले भने, “अहिलेका लागि मानिसलाई विद्यालय वा अन्य सामुदायिक ठाउँमा राखिएको छ ।” उनले छिमेकी राष्ट्रहरूसँग विशेषगरी सुरुङ उद्धार र फेरेन्सिकलगायत सहायता माग गरिएको बताए ।

परराष्ट्रमन्त्री खनालले सरकारले दाता सम्मेलनका विषयमा अहिलेसम्म कुनै निर्णय गरिनसकेको स्पष्ट पारे । “अहिलेको आपतकालीन स्थिति र विपद्को प्रकृतिलाई हेर्दा तुरुन्तै दाता सम्मेलनको कुनै समयसीमा दिन गाह्रो छ, किनकी अहिले हाम्रो ध्यान उद्धारमा बढी केन्द्रित छ”, उनले भने, “म ठ्याक्कै समय भन्न त सक्दिन, तर हामी जतिसक्दो चाँडो विपद्बाट भएको क्षति तथा नोक्सानको मूल्याङ्कन तयार पार्नेछौँ ।”

मन्त्री खनालले दाता सम्मेलनका विषयमा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयबीच आवश्यक समन्वय रहेर दाता सम्मेलनका विषयमा आवश्यक निर्णय लिइने बताए । उनले भोटकोशी बाढीले नेपालका सीमित केही जिल्लामा मात्रै प्रभाव पारेको बताउँदै नेपालका काठमाडौँ, पोखरा, लुम्बिनी, चितवन र सगरमाथा लगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित र खुला रहेको जानकारी दिए। उनले अन्तरराष्ट्रिय समुदायलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न पनि आह्वान गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार