शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

रसुवा पुनः सडक सञ्जालसँग जोडियो
सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
काठमाडौं, भदौ १३ :

यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ ।

धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए ।

मुख्यमन्त्री थापाले भने, “धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पु¥याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौँ पठाउनेकार्य गरेका छौँ ।” उनले उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौँ आइपुग्न सक्ने अवस्था गरेको बताए।

धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उनले जानकारी दिए ।    त्यसैगरी वागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मरमतलाई गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताए । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौँ आउन सक्ने जनाइएको छ ।

सडक सञ्जालसँग पुनः जोडियो

भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानक बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ–टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो।

सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको प्राधिकरणले जनाएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार