शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

भोटेकोसी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, १४ सयभन्दा बढीको उद्धार

हराएका २८ प्रहरीमध्ये एक जना मृत फेला परेका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, १४ सयभन्दा बढीको उद्धार
काठमाडौं, भदौ १२ :

रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरी अहिलेसम्म ५४७ जनाको शव फेला परेको हो ।

प्राप्त विवरण अनुसार सबैभन्दा धेरै चितवनमा २२१ जनाको शव फेला परेको छ। यसैगरी पूर्वीनवलपरासीमा १३४ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, रसुवामा १३ जना, पश्चिम नवलपरासीमा २८ जना, नुवाकोटमा ३८ जना र तनहुँमा २८ जनाको शव फेला परेको छ। 

प्रहरीका अनुसार विभिन्न जिल्लाहरूमा बाढीले बगाएर ल्याएका शवहरू फेला पर्ने क्रम जारी छ। हराएका २८ प्रहरीमध्ये एक जना मृत फेला परेका छन् । अन्यको खोजी कार्य भइरहेको जनाइएको छ । प्रहरीका अनुसार अहिलेसम्म १४ सय ७३ जनाको उद्धार गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार