शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

रसुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सक्रिय न्युज · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
रसुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
काठमाडौं, भदौ ११ :

रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअनुसार, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनुहँमा नौ, चितवनमा ६४, नवलपरासी पश्चिममा पाँच वटा शव पेला परेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४ जना, विभिन्न प्रहरीचौकीमा कार्यरत २८ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिए।

बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार १२३ जनामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन् ।

“बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ”, प्रवक्ता महतले भने, “बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।” 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार