शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीले देखाउनुभएको सहयोगप्रति आभार व्यक्त

सक्रिय न्युज · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीले देखाउनुभएको सहयोगप्रति आभार व्यक्त
काठमाडौं, भदौ ११ :

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी रसुवाका बाढी प्रभावितप्रति देखाउनुभएको समवेदना तथा सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले नेपालको कठिन परिस्थितिमा भारत सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री शाहले भनेका छन्, “भारतको यो सहयोग र सद्भाव दुई देशबीचको लामो समयदेखिको मित्रताको प्रतिविम्ब हो ।”

यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए । प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए  ।
    
“भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन,” उनले भनेका थिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार