शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता,मृत्युदण्डको कानुन बनाउन मिल्दैन: गृहमन्त्री गुरुङ

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता,मृत्युदण्डको कानुन बनाउन मिल्दैन: गृहमन्त्री गुरुङ
काठमाडौं, भदौ ६ :

गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका छन् ।  

सामाजिक सञ्जालमा सन्देश लेख्दै गृहमन्त्री गुरुङले सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको बताएका छन् ।

उनले मृत्युदण्डको कानुन नभएको र बनाउन पनि नमिल्ने समेत उल्लेख गरेका छन् ।  उनले एउटी सानी छोरीमाथि भएको अपराधको पीडा कुनै परिवारको मात्र होइन, सम्पूर्ण समाजको पीडा भएको र आमा, महिला र नागरिकमा देखिएको आक्रोश आफूले पनि महसुस गरेको बताएका छन् ।

सरकार घटनाको पहिलो दिनदेखि मौन नरहेको, निष्क्रिय नभएको जिकीर गरेका छन् । उनले भनेका छन्, ‘घटनालाई अत्यन्त संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि ढिलाइ नगरी विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै, कुनै पनि किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत भएर अनुसन्धान भइरहेको छ ।’

उनले आरोपित तत्कालै पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताएका छन् । ‘प्रारम्भिक चरणमा प्रहरीबाट लापर्वाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको छ,’ उनले भनेका छन्, ‘मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु। तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा समेत हस्ताक्षर गरेको छ ।’

उनले गृह प्रशासनको मुख्य जिम्मेवारी र सीमा निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु भएको र अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्किन नपाओस् र पीडितले न्याय पाओस् भन्ने रहेको बताउँदै घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नभएको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पनि सरकारमा आएपछि पहिलो निर्णय नै महिला तथा बालबालिका विरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बुँदा हटाउने निर्णय गरेको बताउँदै मन्त्री गुरुङले भनेका छन्, ‘आवश्यक कानुन संशोधनको मस्यौदा तयार भइ संसदीय प्रक्रियामा लैजाने तयारीमा छ।

उनले अहिलेको अवस्थामा पहिलो प्राथमिकता गरिमालाई न्याय भएको बताउँदै प्रमाण सुरक्षित हुनुपर्ने, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्ने अनि दोषी उम्कनु नपाउने गरी काम हुनु पर्ने बताएका छन् । ‘‘निर्दोष फस्नु हुँदैन,’ उनले भनेका छन्, ‘पछिल्लो समय गरिमाको अभिभावकले जाहेरी दिनुभएको आधारमा अनुसन्धानका लागि थप चारजना पक्राउ गरिएको छ। त्यसैले यस संवेदनशील घटनालाई राजनीतिकरण वा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगरौँ, आक्रोशले रन्थनिएर सानी नानीको लाश माथी राजनिती हुँदै पो छ कि भन्ने पनि सोच्नुहोला र विगतको घटनाहरूदेखि हामीले पाठ सिक्नुपर्छ।’

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार