शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

सक्रिय न्युज · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, भदौ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्दैछ ।

आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका एजेन्डाहरु तयार पारिएका छन् ।

बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने विषय रहेको छ । रास्वपाले निर्वाचनमा उम्मेदवार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई यसै बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ ।

यस्तै रास्वपाले आफ्नो स्थापना कालदेखि नै उठाउँदै आएको ‘राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयलाई पनि कार्यसूचीमा राखेको छ ।

यसलाई कार्यान्वयनमा लैजान कानुनी र राजनीतिक खाका तयार पार्ने पार्टीको योजना छ ।

बैठकले पार्टीका रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदहरूमा मनोनयन गर्ने कार्यसूची तय गरेको छ ।

जसमा केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन रहेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार