शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मकवानपुरको बासुदेव खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता

१३ वर्षीया सीमा भोलन भने सकुशल फेला
सक्रिय न्युज · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
मकवानपुरको बासुदेव खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
मकवानपुर, भदौ २ :

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चार जना बालिकालाई आज खोलाले बगाएको छ । 

चारमध्ये एक मृत भेटिनुका साथै एक सकुसल फेला परेकी छिन् भने दुई जना बालिका अझै बेपत्ता छन् ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो काट्दा हेटौँडा-१९ बासुदेवमा पर्ने बासुदेव खोलाले बगाएर ती बालिका बेपत्ता भएको जानकारी पाएपछि विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीले प्रहरीलाई खबर गरेका थिए।

हेटौँडा-१९ बस्तीपुर बस्ने दीप स्याङ्ताङकी अन्दाजी आठ वर्षीया छोरी रोशनीको शव घटनास्थलबाट करिब ६०० मिटर पर रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

स्थानीय सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । उनका अनुसार ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया विनिता भोलन अझै बेपत्ता छन् ।

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय नेवार पानीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि खटिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार