शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

सक्रिय न्युज · शनिबार, ३० साउन, २०८३ मा प्रकाशित
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
कास्की, साउन ३० :

पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् ।

पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४/१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ । “हामी अहिले  खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ”, प्रहरी नायब उपरीक्षक पासवानले भने ।

घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालयय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् ।

यसैगरी सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको खोताखोरसहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार