शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

सक्रिय न्युज · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
काठमाडौं, साउन २० :

देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन् । साथै, अन्य  २० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० देखि साउन १९ गते बिहान १० बजेसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमणलगायत  घटना भएका हुन् । बाढीमा परी दुई जनाको मृत्यु भएको तथा एक जना बेपत्ता  भएका हुन् ।

बाढीमा परी अन्य  तीन जना घाइते भएका छन् भने सर्पदंशबाट ११, आगलागीबाट दुई, पहिरोबाट एक तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् । घटनाबाट १०२ जनाको उद्धार गरिएको छ भने ३३० जना प्रहरी परिचालन भएका थिए ।

यसैबीच प्राधिकरणका अनुसार वैशाख १ देखि साउन १९ गतेसम्म देशका विभिन्न भागमा भएका चार हजार १५९ विपद्का घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता तथा एक हजार २४६ जना घाइते भएका छन् ।  यस अवधिमा पाँच हजार २७० परिवार प्रभावित भएका छन् ।  सबैभन्दा बढी एक हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना भएका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार