शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मौसम खुलेसँगै मन्थली- लुक्ला उडान पुनः सुरु

· बुधबार, १ कात्तिक, २०८१ मा प्रकाशित
मौसम खुलेसँगै मन्थली- लुक्ला उडान पुनः सुरु
रामेछाप, कात्तिक १ :

दुई दिनदेखि रोकिएको मन्थली- लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली- लुक्ला उडान ठप्प भएको थियो ।

मौसम खुलेपछि आज बिहान ९ बजेदेखि मन्थली- लुक्ला उडान सुरु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका उपप्रबन्धक हिरण्य साहले बताउनुभयो । 

उडान सुरु भएको एक घण्टामै १० भन्दा बढी उडान भइसकेका छन् ।

मौसम खराबीका कारण सोमबार र मङ्गलबार एउटा पनि मन्थली- लुक्ला उडान हुन नसक्दा सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि सडक मार्ग मार्फत मन्थली पुगेका एक हजारभन्दा बढी पर्यटक रोकिएका थिए ।

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार