शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

प्रधानमन्त्री शाहद्वारा ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहद्वारा ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
काठमाडौं, साउन १६ :

प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताए। उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री शाहले ब्रोड पिक आरोहणका क्रममा छ नेपाली र चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
---

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार