शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

संसद्मा नौ विधेयक दर्ता

सक्रिय न्युज · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
samsad-sachibalaya
काठमाडौं, साउन १५ :

सङ्घीय संसद् सचिवालयमा विभिन्न विषयसँग सम्बन्धित नौ वटा विधेयक आज दर्ता भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को हालैको निर्णयका आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा ती विधेयक दर्ता भएका सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३, खानी तथा खनिज पदार्थ विधेयक, २०८३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३, राहदानी (पहिलो संशोधन) विधेयक, २०८३, मेलमिलापसम्बन्धी (तेस्रो संशोधन) विधेयक, २०८३, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (तेस्रो संशोधन) विधेयक, २०८३ रहेका छन् ।

यस्तै राष्ट्रियसभामा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ र सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ दर्ता भएका छन् । प्रतिनिधिसभाको बैठक यही साउन १९ गते मङ्गलबार र राष्ट्रियसभाको बैठक यही साउन १८ गते सोमबारका लागि तोकिएका छन् ।

सरकारले सदनको यस आर्थिक वर्षका लागि प्राथमिकताका आधारमा निजामति कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकसहित १६६ विधेयक सदनमा पेस गर्ने एकीकृत विवरण घोषणा गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार