शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सामाजिक सद्भाव कायम राख्न आग्रह

सक्रिय न्युज · बुधबार, १३ साउन, २०८३ मा प्रकाशित
झापा, साउन १३ :

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न सबै नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा जिल्लाको सद्भाव र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने  कुनै गतिविधि नगर्न र समाजिक सञ्जाल मार्फत यस्ता गतिविधिलाई नफैलाउन आग्रह गरिएको छ । 

आधिकारिक निकायबाट पुष्टि भएका सूचनामा मात्र विश्वास गर्न र सामाजिक एकता कायम राख्न पनि प्रशासनले विज्ञप्तिमा अपिल गरेको छ ।

यसअघि प्रशासनले विभिन्न धार्मिक सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाको सहभागितामा सद्भाव बैठकसमेत आयोजना गरेको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार