शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश कोसी प्रदेश

गायक अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा दिए उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
गायक अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा दिए उजुरी
विराटनगर, साउन ११ :

गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका हुन् । 
जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । प्रहरीले जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई कुटपिट गरेको उल्लेख गरेका छन्। स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूलाई कुटपिट गरिएको दाबी  गरिएको छ।

बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको थियो । उनीमाथिको कुटपिटको भिडियो टिकटकमा भाइरल भएपछि एक महिना अघि भएको उक्त  भिडियोमा एक युवकले दर्जीलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार