शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

सक्रिय न्युज · शनिबार, ९ साउन, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
काठमाडौं, साउन ९ :

तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले  जानकारी दिए ।

रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

निजको खोजी गर्दै जाँदा आज कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको उनले जानकारी दिए । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार