शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल हुनुपर्छ

राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्छ: सभापति खड्का
सक्रिय न्युज · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल हुनुपर्छ
असार ३० :

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिनुभएको हो । साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।

बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राख्नुभएको थियो ।

राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो विषयमा समस्या छ भन्ने निष्कर्ष निकालेको, राहदानी छपाइका विषयमा अनियमितता छ भन्ने भएको तर कति छ भन्ने मात्र प्रतीक्षाको विषय बनेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए ।

समितिका सभापति भरतबहादुर खड्काले आजको बैठकमा सांसदको सल्लाह सुझाव आएकाले राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्ने बताउनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार