शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापन सहज हुने विश्वास ।
सक्रिय न्युज · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
काठमाडौं, असार ३० :

अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ ।

नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका आफन्तलाई आवश्यक जानकारी छिटो प्राप्त हुने, रक्त व्यवस्थापनलाई सहज बनाउने तथा रक्तसञ्चार सेवाको समन्वयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार